परमेश्‍वरको वचन हाम्रो ज्योति

पा. श्याम मानन्धर

वचनखण्ड: भजनसंग्रह ११९:१०५-११२

परमेश्‍वरको वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।

परमेश्‍वरको वचन हाम्रो जीवन अगाडि बढाउनको निम्ति हामीलाई सही मार्ग देखाउने ज्योति र उज्यालो हो । परमेश्‍वरका वचनको सत्यताले हामीलाई सही निर्णय बनाउन अनि गलत निर्णयबाट आउने दुःखकष्‍टहरूबाट सुरक्षित रहन मद्दत गर्दछ ।

परमेश्‍वरको वचनअनुसार चल्ने व्यक्ति परमेश्‍वरको मार्गमा हिँड्छ । त्यस व्यक्तिले परमेश्‍वरको विरुद्धमा काम गर्दैन । दुष्‍टता र खराब कुराको अनुसरण गर्दैन । बरु, आफूलाई वचनको सत्यताको अधीनमा राख्छ । परमेश्‍वरलाई प्रसन्‍न पार्ने जीवन जिउने प्रयत्‍न गर्छ ।

वचन अनुसार जिउनुचाहिँ परमेश्‍वरलाई प्रेम गर्नु अनि आफ्नो परिवारका सदस्यहरूलाई पनि प्रेम गर्नु हो । वचन हाम्रो ज्योति हो, हामी ज्योतिका कार्य प्रेम गर्छौं । अन्धकारका कार्यहरूको विरुद्धमा खडा हुन्छौं । यसो गर्न हामीलाई वचनको सत्यताले सहायता गर्छ र सामर्थ्य दिन्छ ।

त्यसैले, प्रिय मण्डली हामीले परमेश्‍वरको वचनमा निहित बुद्धिलाई बहुमूल्य सम्पत्तिको रूपमा सुरक्षित राख्‍नुपर्छ अनि जीवनका सबै परिस्थितिहरूमा वचनमा उल्लेख गरिएका सबै आदेशहरूलाई बलियोसँग पक्रिराख्‍नुपर्छ । सबै परिस्थितिमा वचनलाई हाम्रो जीवनको ज्योति बनाउनुपर्छ । वचन अनुसार जिउनु चाहिँ ज्योतिमा जिउनु हो ।

आउनुहोस्, परमेश्‍वरको वचनलाई हाम्रो जीवनको ज्योतिको रूपमा पहिलो स्थानमा राखौं ।वचनखण्ड: भजनसंग्रह ११९:१०५-११२

आउनुहोस्, परमेश्‍वरको वचनलाई हाम्रो जीवनको ज्योतिको रूपमा पहिलो स्थानमा राखौं ।