Our Publications
मत्ती: यहूदीहरूका राजा

मत्तीको सुसमाचार गहन् रूपमा अध्ययन गर्न चाहने प्रत्येक व्यक्तिको निम्ति यो पुस्तक सहयोगी बन्न सक्छ । यस पुस्तकमा यहूदी परम्परा, ऐतिहासिक पृष्ठभूमि, चालचलन र त्यस समयको परिस्थितिलाई सही रूपमा चित्रण गरिएको छ । जसले मत्तीको सन्देश सही किसिमले बुझ्न सहायता गर्दछ । साथै यस पुस्तकले सहदृष्टि सुसमाचारको अध्ययनमा पनि सहायता गर्छ ।
पृष्ठ सङ्ख्या ३१० । बाइबलीय अध्ययन ।
मूल्य रू ३०० ।
थेसलोनिकीहरूलाई पत्र: पहिलो थेसलोनिकीहरूको टिप्पणी

यस पुस्तकले थेसलोनिकीको पत्रको सन्देश बुझ्न सहायता गर्छ । चर्चका स्थापक र विश्वासीहरू बीचको गहिरो प्रेम, सरोकार र समर्पणतालाई स्पष्ट र सटीक रूपमा वर्णन गरिएको छ । यस पुस्तकमा ऐतिहासिक पृष्ठभूमि र त्यस समयको परिस्थितिलाई सही किसिमले चित्रण गरिएको छ । साथै यस पुस्तकले केही हदसम्म पावलका अन्य पत्रहरूको अध्ययनमा पनि सहायता पुर्याउँछ ।
पृष्ठ सङ्ख्या १५५ । बाइबलीय अध्ययन ।
मूल्य रू २०० ।
गोप्य लाजबाट बाहिर निस्कनु

जेनिफरको यस पुस्तकले जीवनका गहिरा पीडा, चूर्णता र संघर्षहरूलाई ईमानदार रूपमा प्रस्तुत गर्दै परमेश्वरमा राखिएको आशा, निको पार्ने शक्ति र रूपान्तरणको गवाही दिन्छ । यसले बाल्यकालको दुःख भोगाइ, दुर्व्यवहार, गर्भपतन र अक्षमाशीलता जस्ता संवेदनशील विषयहरू उत्थान गर्दै आफ्ना पाठकलाई जीवनको नयाँ उद्देश्यतर्फ अग्रसर हुन प्रेरणा दिन्छ । उहाँको जीवनीले धेरै जना व्यक्तिको हृदयलाई निको पार्ने काम गरेको छ । उहाँको जीवन अध्ययन गर्न तपाईंलाई स्वागत गर्दछु ।
पृष्ठ सङ्ख्या १०० । ख्रीष्टियान जीवन । चेलापन ।
मूल्य रू २५० ।
बारनाबास शैली: बाइबलीय अगुवापनको एक नवीन दृष्टिकोण

प्रेरित बारनाबास नयाँ करारमा उल्लेख गरिएका सबैभन्दा ध्यान नदिइएका तर सबैभन्दा प्रभावशाली अगुवा थिए । यस पुस्तकमा बारनाबासको जीवन यात्रा र उनले छोडिगएका महत्वपूर्ण अगुवापनका सिद्धान्तहरू सरल रूपमा प्रस्तुत गरिएको छ । ती सिद्धान्तहरू पावल लगायत अन्य व्यक्तिहरूले अनुसरण गरेका थिए । उनका अगुवापनको प्रभाव वर्तमा समयमा पनि कायम छ ।
पृष्ठ सङ्ख्या १५५ । ख्रीष्टियान अगुवापन ।
मूल्य रू २०० ।
यात्रीको सहयोगी पुस्तिका: आधारभूत चेलापनको निम्ति मार्गदर्शक

ख्रीष्टमा विश्वास गरी भर्खरै चेलापन यात्रा सुरु गर्दै चेलापनमा हुर्कदै गरेको एक व्यक्तिको जीवनलाई यस पुस्तकमा सुन्दर ढङ्गले निरन्तर चलिरहने यात्रासँग तुलना गरिएको छ । यो पुस्तक एक व्यक्ति वा सानो समूहलाई चेलापनमा हुर्काउन उपयुक्त हुने किसिमले तपार पारिएको छ । यस पुस्तकमा दिइएका १६ वटा पाठहरू एक व्यक्तिलाई चेलापनमा हुर्काउन अति उपयोगी र प्रभावकारी सावित भएको छ ।
पृष्ठ सङ्ख्या १३० । चेलापन ।
मूल्य रू २०० ।
मिसन केन्द्रित साना झुण्डहरू

मिसन केन्द्रित साना झुण्डको बारेमा बुझ्न, विकास गर्न र स्वस्थ किसिमले सानो झुण्डको अगुवाइ गर्न सहायता गर्ने उद्देश्यले यस पुस्तिका तयार पारिएको हो । यसको अध्ययन र अभ्यासले झुण्डका सदस्यहरू, चर्च र तपाईंको समुदायको जीवनमा आत्मिक रूपान्तरण र वृद्धि ल्याउन सहायता गर्नेछ ।
पृष्ठ सङ्ख्या ६० । चर्च व्यवस्थापन । अगुवापन ।
मूल्य रू १०० ।
पहिलो कदमहरू: येशू ख्रीष्टको निमन्त्रणा

यो पुस्तकले तपाईंलाई येशू ख्रीष्टको एक चेलाको सिद्धान्तहरू विकास गर्न सहायता गर्नेछ । यस पुस्तकमा दिइएका सात वटा पाठहरूले तपाईंलाई येशूको एक सच्चा चेला बन्न आवश्यक आधारभूत सिद्धान्तहरू सिकाउनेछ । यस पुस्तकलाई व्यक्तिगत वा सामूहिक चेपालन विकासको निम्ति प्रयोग गर्न सक्नुहुन्छ । नयाँ विश्वासीहरू र सानो झुण्डको निम्ति अत्यन्त उपयोगी एउटा अध्ययन सामग्री हो ।
पृष्ठ सङ्ख्या ४० । चेलापन ।
मूल्य रू ७५ ।
परमेश्वरको परिवारमा बलियो हुँदै जानु

बाइबलमा आधारित र व्यावहारिक २:७ श्रृङ्खलाले दीर्घकालीन र जीवन परिवर्तनकारी परिणामहरू अनुभव गर्ने किसिमको चेलापन निर्माण गर्न सहायता गर्नेछ । यस श्रृङ्खलामा तीन वटा पुस्तकहरू छन् । प्रत्येक पुस्तकमा विश्वासलाई बलियो बनाउने बाइबल अध्ययन, जीवन परिवर्तनकारी लेखहरू, प्रभावकारी सुसमाचार प्रचार विधि, वचन कण्ठस्थ प्रणाली जस्ता चेलापनका महत्वपूर्ण विषयहरू समावेश गरिएको छ । यो २:७ श्रृङ्खलाको पुस्तक १ हो ।
पृष्ठ सङ्ख्या १६० । चेलापन।
मूल्य रू १०० ।
परमेश्वरको परिवारमा जरा गाडिएका

बाइबलमा आधारित र व्यावहारिक २:७ श्रृङ्खलाले दीर्घकालीन र जीवन परिवर्तनकारी परिणामहरू अनुभव गर्ने किसिमको चेलापन निर्माण गर्न सहायता गर्नेछ । यस श्रृङ्खलामा तीन वटा पुस्तकहरू छन् । प्रत्येक पुस्तकमा विश्वासलाई बलियो बनाउने बाइबल अध्ययन, जीवन परिवर्तनकारी लेखहरू, प्रभावकारी सुसमाचार प्रचार विधि, वचन कण्ठस्थ प्रणाली जस्ता चेलापनका महत्वपूर्ण विषयहरू समावेश गरिएको छ । यो २:७ श्रृङ्खलाको पुस्तक २ हो ।
पृष्ठ सङ्ख्या १६० । चेलापन।
मूल्य रू १०० ।
